१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र क्षेत्रमा नवअभिनेत्री रोशनी खड्काको प्रवेश



नेपाली चलचित्र क्षेत्रमा नवअभिनेत्री रोशनी खड्काको प्रवेश भएको छ ।
अभिनेत्रीहरुको भीडमा खड्काको प्रवेशसँगै नयाँ अनुहार मोडल तथा थिएटरकी कलाकार समेत रहेकी नवअभिनेत्री रोशनी खड्काले चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को प्रमुख भूमिकामा डेव्यु अभिनय गर्ने भएकी हुन् ।
राजु गिरीको निर्देशनमा बन्ने चलचित्रमा रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो ।
मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई ’डल्लेले इन्ट्री मार्योझ मा चर्चित हाँस्य अभिनेता सागर लम्साल (बले) को जोडीका रुपमा देख्न पाइनेछ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी,रबिन्द्र झा,ध्रुव कोइराला,सुभाष गजुरेललगायतका कलाकारले अभिनय गर्ने तय भइसकेको छ ।

श्याम तामाङको छायांकन,देव महर्जनको द्वन्द्व निर्देशन अनि अर्जुन पोखरेल,बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने फिल्म चितवन र काठमाडौमा खिचिने जानकारी निर्देशक गिरीले दिएका छ्न ।
सामाजिक कथानक हास्य प्रधान चलचित्र उषा फिल्मसको ब्यानरमा बन्दैछ । सुटिङ दशै लगतै सुरु गरिदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।