काठमाडौं । नेकपा एमालेका पूर्व सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । रायमाझी सुन्धारास्थित कारागारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अन्य कैदीसँगै सुन्धारा कारागारबाट रायमाझी पनि फरार भएका थिए । सोही प्रकरणमा फरार भएका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने अझै फेला परेका छैनन् ।
त्यसो त सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) समेत सोही कारागारबाट फरार भएका थिए । गोरे पनि बुधबार नै कारागार फर्किएको कारागार प्रशासनले जनाएको छ ।
भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा देशभर धेरै कारागारबाट कैदी बन्दीहरु फरार भएका थिए । करिब साढे १४ हजार कैदीबन्दी फरार रहेका छन् । त्यसमध्ये आधा कैदीबन्दी आफैँ कारागार फर्किएका छन् भने बाँकी फरार रहेका छन् ।








प्रतिक्रिया