१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका युवानेता महतद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा



ललितखबर
दक्षिण ललितपुरका युवा नेता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
विहीबार राजधानमिा पत्रकार सम्मेलनको आयोजना गरेर महतले आमगी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यमा ललितपुर क्षेत्र नं. १ का लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले उम्मेदवारीसँगै ललितपुरको निर्वाचन क्षेत्रको पुर्नसंरचना गर्न समेत माग गरेका छन् । उनले महानगरलाई क्षेत्र नं. १, काठक्षेत्र क्षेत्र नं. २ र दक्षिण ललितपुरलाई क्षेत्र नं. ३ बनाएको खण्डमा प्राथिकताको आधारमा विकाश गर्न सहज हुने धारणा राखेका छन् ।
घोषणासँगै महतले नौ बुँदे एजेण्डा सार्वजनिक गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रण, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, सानो आकारको मन्त्रीमण्डल,संसादको संख्या कटौती,मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन,स्थानीय निकायका जनप्रतिनिधि प्रदेशसभाको सदस्य हुने,गैरदलीय स्थानीय सरकार बनाउनु पर्ने धरणा राखेका छन् ।

युवा नेता महतले आफू लेले टिकाभैरव क्षेत्रको ढुंगा खानी बन्द गर्न नहुने तर्क गर्दै राज्यले कानूनी दायरामा ल्याएर सञ्चालन गर्न आवश्यक रहेको बताए । ‘राज्यले संचालन पनि गर्न अप्ठ्यारो पार्ने र कानूनी दायरामा पनि नल्याउने अवस्था छ । त्यो अन्त्य हुनुपर्छ’ उनले भने । यहाँको नेवारी बस्ती मास्न नहुने र खोला किनारका खाली ठाँउबाट कोरिडोर खोलेर विकासको पुर्वाधार निर्माण गर्ने उनले योजना अघि सारेका छन् ।
युवा नेता केही बर्ष अघि माओवादी राजनीतिमा सक्रिय थिए । पछिल्लो समय वावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको ललितपुर संयोजकको रुपमा काम गरेको उनीसँग अनुभव छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।