काठमाडौं
चलचित्र ‘बलिदान’ वालवालिकाले एक्लै बसेर हेर्न नपाउने भएका छन् । आगामी दशैंको फुलपातीबाट प्रर्दशन सुरु हुने चलचित्र बलिदान हर्न वालवालिकाहरु अभिभावक लैजानुपर्ने भएको छ ।
केन्दीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स(पिजि)प्रमाणपत्र प्रदान गरेको कारण वालवालिकाहरुले एक्लै बसेर यो चलचित्र हेर्न नपाउने भएका छन् ।
चलचित्रमा अत्याधिक द्वन्द्वका दृश्यहरु रहेकाले समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी पिजि श्रेणीमा पार्ने निर्णय गरेको हो।
सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको सन्तोष सेनले निर्देशन गरेका छन् ।
निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो पाएको छ । अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह बढेको खण्डमा शो थपिदै जाने सम्भावना निर्माण पक्षले देखेको छ ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।
दशैंको अवसरमा चलचित्र बलिदानसँगै माइतीघर र हरिबहादुरको जुत्ता प्रर्दशन हुदैछन् ।
१० आश्विन २०८२, शुक्रबार
8
Shares








प्रतिक्रिया