१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले भने,‘ज्यान लिने उद्देश्यले सांघातिक हमला भयो'(पूर्णपाठ)



काठमाडौं । जेनजी आन्दोलनका नाममा आफ्नै नवासमा सांघातिक आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्।

देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्वोधन गरे । सम्वोधनकाक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गत भदौ २४ गते आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको बताए।

उनले आफू बाँचेर केन्द्रीय समिति बैठकमा आएको पनि बताए । उनले त्यो आक्रमणलाई लिएर वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहने र यसलाई आफुले सहज रूपमा लिएको बताए।

देउवाले बूढानीलकण्ठस्थित निवासमा पैसा जल्दै गरेको भनिएको भिडिओ फेक भएकोसमेत बताए । उनले देउवाले आफ्नो कार्यकालमा केही कमजोरी, त्रुटि भएको पनि बताए । उनले देशलाई घात हुने काम नगरेको पनि बताए।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।