ललितपुर
दक्षिण ललितपुरको लेले क्षेत्रको खानी र मालबाहक टिपरका कारण स्थानीयबासीलाई समस्या भइरहेको सन्दर्भमा आवाज उठिरहेको बेला प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र मेयर गजेन्द्र मर्हजन,जिल्ला प्रहरी प्रमुख होविन्द्र बोगटी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख रमेशचन्द्र यादवलगायत अधिकारी लेले पुगेर छलफल गर्दै खानी सञ्चालनको लागि पहल गरेका छन् ।
लेले महादेव खोलामा सञ्चालन भइरहेको युनाइटेन सिमेन्टको खानीबाट निस्केको चुनढुंगा ठूला टिपर प्रयोग गर्दै बस्तीबाट निकासी गरिएको भन्दै आवाज उठेपछि जिल्लाका सरकारी अधिकारी सक्रिय भएका हुन् ।
लेले सडकमा मापदण्ड अनुसार ढुंगा विना अवरोध निकासी गर्न दिने,तिलेश्वर देसी मुहान सडक निर्माण र मर्मत सम्भारका लागि नगरपालिकाले सरोकार निकायसँग समन्वयमा उपयुक्त व्यवस्था मिलाउने,युनाइटेड सिमेन्टले सिएसआरको बजेट नगरपालिकाको कोषमा जम्मा गर्ने र लेले र टिकाभैरवमा बस्ती विकास परियोजना सुरु गर्ने सम्झौता गरिएको छ ।
खानी र टिपरको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी र मेयर गजेन्द्र महर्जनले पटक पटक बैठक राखेर विभिन्न निर्णय गरेपनि दिगो समाधान भने भएको छैन । यहाँका खानीहरु दर्ता नगरि सञ्चालन गरिएको आवाज उठ्दै आएको छ । स्थानीय निकायले पटक पटक दर्ता गर्ने निर्णय गरे पनि खानी व्यावसायीहरुले अटेर गर्दै आएका छन् । विना दर्ता सञ्चालन भइरहेको अवस्थामा सरकारी निकायकै संरक्षण भएको भन्दै स्थानीवासीले विरोध रहेको छ ।
बैठकमा खानीको तर्फबाट शेखर महत, युनाइटेड सिमेन्टको तर्फबाट कपिल भण्डारी,हरिकुमार उप्रेती वडाध्यक्ष मिलन सिलवाल,स्थानीय सनोज महत,राजेश मानन्धर, चापागाँउबाट जीवन तामाङ,प्रकाश तामाङ,प्रज्वल खड्कालगायत सहभागी थिए ।
२ कार्तिक २०८२, शनिबार
1.9k
Shares








प्रतिक्रिया