२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ’सोल्टिनी’ र ‘वरिष्ठ बलराम’को प्रर्दशन सुरु



ललितपुर
आज भाइटिकाको अवसर पारेर देशभरका चलचित्र भवनहरुमा नेपाली चलचित्र ’सोल्टिनी’ र ‘वरिष्ठ बलराम’को प्रर्दशन सुरु भएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिबाट ’युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको चलचित्र ’सोल्टिनी’ लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्।
अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ । चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ।

निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ । चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
गत साताबाट प्रर्दशन सुरु भएको चलचित्र ‘जेरी अन टप’ पनि हलहरुमा प्रर्दशन जारी छ । भोली शुक्रबारबाट चलचित्र ‘मैझारो‘ पनि प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।