काठमाडौँ
रु पाँच करोडसम्मको घरजग्गाको कारोवार गर्ने कम्पनीलाई रु १० लाखबराबरको शुल्क लाग्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचनाअनुसार एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख मात्रै तिरे पुग्छ ।
विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएपछि शुल्क तोकेको हो ।
विभागले एक सूचनामार्फत रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ ।
अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्
सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।








प्रतिक्रिया