काठमाडौँ
कलाकार कामेश्वर चौरासियाले कलाकारिता सुरु गरेको सत्र वर्ष भयो ।
कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ पसेका कलाकार चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । भखैरै प्रर्दशनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’को उनको उत्तिकै चर्चा भयो । सत्रबर्षे कलाकारितामा संर्घषपछि आगामी मङ्सिर १८ गतेदेखि उनी हिरो पात्रको रुपमा अभिनय गरेको चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’ नेपालभर प्रदर्शन हुँदैछ ।
“मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भने ।
पहिलो पल्ट हिरो पात्रमा अभिनय गर्न पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेको बताउछन् ।
उनले अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरका थिऐ परिवारसँगको सम्बन्ध पनि टाढा राखेर काम गरिरहे ।

चलचित्रमा स्थापित हुन उनले धेरै संर्घष गरेका छन् । अभिनय सिक्ने जोशमा उनले भारतको दिल्लीसम्म पुगे, तर सफल हुन भएनन् । उनले नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गरेका थिए ।
‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले । आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरेका थिए । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्केका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे ।
“मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उनले भने । मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् ।








प्रतिक्रिया