ललितपुर
जापानका राजदूत माएदा तोरुद्वारा चापागाँउ पुगेर गोदावरी नगरपालिकालाई अत्याधुनिक दमकल हस्तान्तरण गरेका छन् ।
द्यमकल हस्तान्तरण कार्यव्रmममा नगरप्रमुख गजेन्द्र महर्जन, उप–प्रमुख मुना अधिकारी, प्रमुख प्रशासनिक अधिकृत मानबहादुर खड्का, नगरका वडा अध्यक्षहरू, भोलिन्टियर कोप्र्स नेपालका अध्यक्ष दीपक चापागाईं, र सचिव अनन्त गौतम लगायतको उपस्थिती सहभागी थिए ।
दमकल जापानको हिगासी हिरोसिमा सिटी फायर डिपार्टमेन्टले नगरपालिकालाई दिएको हो । दमकल भित्रिएसँगै मध्यललितपुरको काँठसँगै दक्षिण ललितपुरका पहाडी क्षेत्रका जनताले विपतमा आगलागी नियन्त्रण, उद्धार कार्य तथा आकस्मिक सेवासेवा पाउने अपेक्षा गरिएको छ ।
दमकल जिम्मा लिएपछि मेयर महर्जनले जापान सरकार र भोलिन्टियर कोप्र्स नेपालप्रति हामी हार्दिक आभारी प्रकट गर्दै भने, ‘दमकलले हाम्रो नगरको सुरक्षा व्यवस्थामा नयाँ ऊर्जा भरेको छ ।’
मेयर मर्हजनले यथाशीघ्र हटलाइन नम्बरको व्यवस्था गरी दमकलको प्रभावकारी, छिटो र छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
२८ कार्तिक २०८२, बिहिबार
76
Shares








प्रतिक्रिया