२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पूर्वयुवराज्ञी हिमानी शाहले हेरिन् चलचित्र ’परान’, भनिन्, ’नेपालको यथार्थ भेट्नुहुनेछ ।’



 

काठमाडौं 
पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारीक चलचित्र ’परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे दरबार सिनेप्लेक्समा ’परान’ हेरेपछि प्रतिक्रिया दिँदै शाहले ’परान’मा नेपालको यथार्थ भेटिने बताइन् ।
प्रतिक्रिया दिनेक्रममा शाह भन्छिन्, ’अहिलेको अवस्थामा नेपालको यर्थार्थ यहि हो । नेपालीहरु बिदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरुले नेपालको यथार्थ भेट्नुहुनेछ ।’ शाह आफ्नो केहि आफन्तका साथमा हलमा पुगेकी थिइन् । परान तेस्रो सातामा पुग्दैगर्दा ११ करोड माथीको ग्रस कलेक्सन गरिसकेको छ । साथै हलमा दर्शकको संख्या अझै उच्च छ ।

दिपक प्रसाद आचार्य निर्देशीत ’परान’मा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।