१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिमरामा तनाव: विरोध प्रदर्शनले सडक अवरुद्ध



काठमाडौं । बाराको सिमरामा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपपछि स्थानीय क्षेत्र फेरि अशान्त बनेको छ।

बुधबार बेलुका प्रहरी प्रशासन र सम्बन्धित पक्षबीच सहमति भएसँगै सडक सञ्चालनमा आएको भए पनि बिहीबार बिहानैदेखि स्थानीय युवाहरू पुनः विरोध प्रदर्शनमा निस्किएका छन्। प्रदर्शनकारीहरूले सिमराको मुख्य सडक अवरुद्ध गर्दै विभिन्न नारा लगाएका छन्।

स्थानिय वातावरण तनावपूर्ण बनेको छ भने प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ। हाल पनि सडक क्षेत्रमा सुरक्षा चुनौती कायम रहेको जनाइएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।