२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निमित्त कार्यालय प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरा स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

२६ लाख १५ हजार २०६ रुपैयाँको लगानीमा हिमाली गाउँपालिका(६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्न स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई जिम्मा दिएको थियो ।

तर, निर्माण उपभोक्ता समितिले मापदण्ड विपरीत प्रयोगमा ल्याउन नसक्ने गरी भवन तयार गरी फर्जी बिल र प्रतिवेदनका आधारमा भुक्तानी लिएको आयोगको आरोप छ ।

हाल उक्त संरचना प्रयोगविहीन भई भग्नावशेषमा परिणत हुँदा सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग भएको आयोगको आरोप छ । आयोगले उनीहरूविरुद्ध जनही १५ लाख ८ हजार ५५७ रुपैइयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।