काठमाडौँ
पशुपतिनाथ मन्दिरभित्र भक्तजनलाई बत्ती बाल्न र फूलप्रसाद चढाइन दिइदैन ।पछिल्लो समय मन्दिरमा भइरहेको विकृति हट्ने पहल सुरु भएको छ ।
संस्कृतिविद् हरिप्रसाद सोडारी मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने बताउछन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको उनले जानकारी दिएका छन् ।
पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशी बताउछन् । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् ।
पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको सास्कृतिविद् जोसी सुनाउछन् ।
विश्वसम्पदा क्षेत्रमा फलामे बार राखेको पाइएपछि सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो ।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए ।








प्रतिक्रिया