२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाहको चलचित्र ‘आ बाट आमा’मा प्रदीप र विपनाको हृदयस्पर्शी अभिनय



काठमाडौं 
अभिनेता पल शाह मन पराउने दर्शकहरुका लागि खुशीको खबर छ । यही माघको १६ गतेबाट उनको चलचित्र हल हलमा प्रर्दशनको तयारीमा छ । भर्खरै पल शाहको भूमिका समेत खुलाएर निर्माण पक्षले टिजर समेत सार्वजनिक गरेको छ ।
टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्। छोराको बिदाई गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ। उनीहरु छोरा परदेशिन लागेको रात रोएरै उज्यालो बनाएका छन्।
https://youtu.be/S5_sO_UMn9Y?t=8
चलचित्रको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ। किनभने विपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै भावुक बनाउन सफल भएका छन्। परदेशिन लागेको नेपाली युवाको कथालाई चलचित्रको पर्दामा निर्देशन चन्द्र पन्तले पोख्न सफल भएका छन्।
सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ।
चलचित्रमा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय गरेका छन्। साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन्।
निर्देशक पन्तकै कथा, पटकथा रहेको यस चलचित्रमा अभिमन्यू निरवीले लेखेका हुन्। चलचित्रको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।
यस चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्। नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी रहेको यस चलचित्रका गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत सुन्न सकिने छ। यस चलचित्रको  सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने चलचित्रलाई आर आर फिल्मस्का लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्दैछन् ।
टिजर ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।