५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


खुलामञ्च सर्वसाधारणका लागि खुला राख्न प्रचण्डको आग्रह



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको खुलामञ्च सर्वसाधारणका लागि खुला राख्न आग्रह गरेका छन् ।

शनिबार भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नागरिकका राजनीतिक, सामाजिक तथा सांस्कृतिक गतिविधिका लागि खुलामञ्च खुला हुनुपर्ने धारणा राखे ।

सभाका लागि सरकार र काठमाडौं महानगरपालिकासँग आग्रह गरिए पनि खुलामञ्च उपलब्ध नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘एउटा पनि खुला मञ्च नहुनु देशकै लागि लज्जाको विषय हो,’ प्रचण्डले भने, ‘यस विषयमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई म जोडदार आग्रह गर्दछु ।’

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।