१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेकपा एमाले ललितपुरका केन्द्रिय सदस्यहरु सम्मानित



चापागाँउ
प्रेस चौतारी नेपाल ललितपुर शाखाले नेकपा एमालेको केन्द्रिय सदस्यमा विजयी नेता तथा नेतृहरुलाई आज सम्मान गर्ने भएको छ । ललितपुरमा अपरान्ह एक औपचारिक कार्यक्रमको आयोजना गरेर विजयी केन्द्रिय सदस्यहरुलाई सम्मान गर्न लागेको छ ।
गएको मंसिर २७ गतेबाट राजधानीमा सम्पन्न पार्टीको ११ औं महाधिवेशनमार्फत ललितपुरबाट नेकपा एमालेका लागि ४ महिला सहित ६ जना नेता केन्द्रिय सदस्यमा विजयी भएका थिए ।
सार्वजनिक मत परिणाम अनुसार खुलातर्फ महिला केन्द्रिय सदस्यमा सुशीला नेपाल, तारा सञ्जेल,डा. टिका ढकाल र सान्तना दाहाल विजयी भएका हुन् । नेताहरु हरिकृष्ण व्यञ्जनकार र केन्द्रिय लेखा आयोग सदस्यमा रामेश्वर श्रेष्ठ पनि विजयी भएका थिए ।
निर्वाचनमा खुलातर्फ वागमती प्रदेश सचिव नवराज सिलवाल र दलीत क्लस्टरतर्फ प्रदिप रम्तेल पराजित भएको थिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।