१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले समानुपातिक सूचीमा कोमल वली



काठमाडौं । नेकपा (एमाले)ले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा गायिका तथा नेत्री कोमल वली समेटिएकी छन्। उनलाई महिला क्लस्टरअन्तर्गत समानुपातिक सूचीमा राखिएको छ।

वली दाङ जिल्लाबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएकी थिइन्। जिल्ला कमिटीको सिफारिसलाई लुम्बिनी प्रदेश कमिटीले केन्द्रमा पठाएको थियो। आइतबार बसेको एमाले सचिवालय बैठकले उनलाई समानुपातिक सूचीमा समावेश गर्ने निर्णय गरेको हो।

एमालेको एघारौँ महाधिवेशनबाट वली केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। महिलातर्फ खुला प्रतिस्पर्धामा उनले १ हजार ७७८ मत प्राप्त गरेकी थिइन्। यसअघि उनी राष्ट्रिय सभा सदस्यसमेत रहिसकेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिक यात्रा सुरु गरेकी वली पछि एमाले प्रवेश गरेकी हुन्।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।