१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको मानिखेलमा १० शैय्याको आधारभूत अस्पताल भवनको समुद्घाटन



मानिखेल
दक्षिण ललितपुरको मानिखेलमा १० शैय्याको आधारभूत अस्पताल भवनको समुद्घाटन गरिएको छ ।

महाङ्काल गाउँपालिका २, मानिखेलमा निर्माण सम्पन्न १० शैय्याको मानिखेल आधारभूत अस्पताल भवनको पालिका अध्यक्ष गणेश केसीले शुभारम्भ गरेका हुन् ।
एक स्थानीय तह–एक आधारभूत अस्पतालको अवधारणा अनुसार निर्माण गरिएको आधारभुत अस्पतालमार्फत स्थानीयबासीले गुणस्तरिय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
यद्यपी अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति उपलव्ध नहुँदा अस्पतालको भवन मात्रै बनाएर कुनै उपलव्धि नहुने स्थानीयबासीले गुनासो गरेका छन् । अस्पताल सुचारुपछि दक्षिण ललितपुर, मकवानपुर र काभ्रेका स्थानीयबासीले स्वास्थ्यलाभ गर्न पाउनेछन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।