१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सुरु आँखा शिविरमा दश प्रतिशतभन्दा धेरै सहभागीमा मोतिविन्दु फेला



पाँच हजार जना मोतिविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया नभएसम्म अभियान नरोकिने

ललितपुर

ललितपुरमा सुरु भएको आँखा शिविरमा दश प्रतिशतभन्दा धेरै सहभागीमा मोतिविन्दु फेला परेको छ ।
पाटनको भिन्छेबहाल र इमाडोलमा शनिबार सम्पन्न आँखा शिविरमा एक सय ८३ जनाको आँखा परिक्षण गरिएको थियो ।
‘लाइन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ एस नेपाल’, तिलंगगा सामुदायिक आँखा केन्द्र चापागाउँलगायतको आयोजनामा सम्पन्न शिविरमा आँखा परीक्षण गराउनेमध्ये १९ जनाको मोतिविन्दु देखिएको हो । मोतिविन्दु देखिएकाहरुको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

मोतिविन्दु भएकाको निःशुल्क शल्यक्रिया गर्ने अभियानमा जुटेका पाटनका विद्युत बज्रचार्यले शनिबार सुरु आँखा शिविर पाँच हजार जना मोतिविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया नभएसम्म अभियान नरोकिने बताए । ‘पहिलो चरणमा मोतिविन्दु देखिएकाहरुको पुस २८ गते शल्यक्रिया गर्ने योजनामा छौं,’ उनले भने ।

शिविर आयोजना गर्नको लागि पाटन भिन्छेबहालस्थित मयुरवर्ण बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गरेको हो । मयुरवर्ण सहकारी संस्थाका अध्यक्ष अष्टराज बज्रचार्यले विभिन्न कारणले बढ्दो आँखा सम्बन्धि समस्या समाधान गर्न सहकारीले भुमिका खेलेको बताए । ‘जनताको स्वास्थ्य राम्रो बनाउन सहकारीले अझै भुमिका खेल्दै जानेछौ,’ उनले भने ।

 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।