१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोञ्ज्योसोममा माघे संक्रान्तिको अवसरमा एक साता लामो विदा



ललितखबर
दक्षिण ललितपुरको कोञ्ज्योसोममा माघे संक्रान्ति र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा एक सातासम्म सार्वजनिक विदा दिने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले सार्वजनिक सूचना प्रकाशित गरेर माघ १ गतेदेखि ६ गतेसम्म गाँउपालिकाको कार्यालय, विद्यालय र संघसंस्थाहरुमा समेत सार्वजनिक विदा घोषणा गरेको हो ।
दक्षिण ललितपुरको नल्लु, भारदेउ, चौघरे, दलचोकी र शंखु क्षेत्रमा ८० प्रतिशत भन्दा धेरै तामाङ समुदायको बसोबास रहेको छ । यही माघ १ गते तामाङ समुदायले सोनाम ल्होसार तथा नयाँ वर्ष २६६२ (घोडा वर्ष) मनाउदै छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।