काठमाडौं
आज बिहीबारबाट तीन चलचित्रहरु ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ प्रदर्शनमा आएका छन् ।
प्रर्दशनमा आएका तीनै चलचित्रको अग्रिम बुकिङ भने उत्साहजनक छैन । त्यसो त दशैं र तिहारपछि अधिकाशं चलचित्रले राम्रो कमाई गरेको देखिन्न ।
चलचित्र ‘मिरमिरे’ले १ सय ३०, ‘गोबर गणेश’ले १ सय १२ र ‘भाइरल गोर्खे’ले १ सय ७ वटा देशभरका हलमा मात्रै शो पाएका छन् । ती हलहरुमा सबै चलचित्रको टिकट बुकिङको अवस्था कमजोर छ ।्
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, शाइसा गौचन (बाल कलाकार) लगायतको अभिनय रहेको छ । निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’मा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतले अभिनय देख्न पाइन्छ ।
चलचित्र ‘गोबर गणेश’लाई हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । यस चलचित्रमा बल्छी ध्रुबे मरिचमान श्रेक्ष्ठसँगै वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे (पुकु), विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।







प्रतिक्रिया