६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समानुपातिक बन्दसूचीका उम्मेदवार, काठमाडौं उपत्यकामा को–को परे ?(सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।