चापागाँउ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तापछि ललितपुरका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी दर्ता नभएको पाइएको छ । जिल्लाका तीववटै निर्वाचन अधिकृतको कार्यालयहरुले दिएको जानकारी अनुसार आज ३ बजेसम्म कुनै पनि उजुरी दर्ता भएको छैन ।
भोलि विहीबार उम्मेदवारहरुले दिएको मनोनयप पत्रको विवरण जाँच गरेपछि साँझसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
ललितपुरको क्षेत्र नंं १ मा २८ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं. २ मा २३ जना र क्षेत्र नं.३ मा २३ जनाको उम्मेदवारी परेको छ ।
ललितपुर १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जन उम्मेदवार छन्।
ललितपुर २ मा रास्वपाबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल, नेकपाबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवारी परेको छ।
त्यसैगरी ललितपुर ३ बाट रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ र नेकपाबाट राजकाजी महर्जनले उम्मेदवारी दिएका छन्।








प्रतिक्रिया