२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका कुनै पनि उम्मेदवारविरुद्ध परेन उजुरी



चापागाँउ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तापछि ललितपुरका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी दर्ता नभएको पाइएको छ । जिल्लाका तीववटै निर्वाचन अधिकृतको कार्यालयहरुले दिएको जानकारी अनुसार आज ३ बजेसम्म कुनै पनि उजुरी दर्ता भएको छैन ।
भोलि विहीबार उम्मेदवारहरुले दिएको मनोनयप पत्रको विवरण जाँच गरेपछि साँझसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
ललितपुरको क्षेत्र नंं १ मा २८ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं. २ मा २३ जना र क्षेत्र नं.३ मा २३ जनाको उम्मेदवारी परेको छ ।

ललितपुर १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जन उम्मेदवार छन्।

ललितपुर २ मा रास्वपाबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल, नेकपाबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवारी परेको छ।

त्यसैगरी ललितपुर ३ बाट रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ र नेकपाबाट राजकाजी महर्जनले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।