१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


लामो प्रतिक्षापछि धिरजसँग काम गर्न पाउदा खुशी छु : आना शर्मा



काठमाडौं
राजधानीको एक चलचित्र भवनमा आयोगित कार्यक्रममा अभिनेत्री आना शर्मा धिरज गुरुङसँगै हात समातेर झुल्किइन् । लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी  शर्मा चलचित्रको ट्रेलर सार्वजनिक गर्न सफल भएको भन्दै हर्ष व्यक्त गर्दै थिइन् । त्यसो त उनी यो चलचित्रको कार्यकारी निर्माता समेत हुन् ।


अभिनेत्री  शर्मालाई अभिनेता धिरजसँग काम गर्ने रहर रहेछ । उनले पत्रकारहरुसँग आफ्नो अनुभव साट्दै भनिन्, ‘लामो प्रतिक्षापछि धिरजसँग काम गर्न पाउदा खुशी छु ।’
अभिनेता मगर पनि निर्देशक सुदिप्ताले चलचित्रको स्टोरीलाइन सुनाउदा नै मन परेको बताए । भने, ‘चलचित्र फरक र विषेश बनेको छ ।’
निर्देशक सुदिप्ताले प्रेम कथानक चलचित्रलाई केही फरक दृष्टिकोणका साथ पस्केको बताइन् । नेपालमा प्रेम र विछोडका कथालाई सधै पुरुषको दृष्टिकोणबाट मात्रै देखाइने गरिएको सन्दर्भ उल्येख गर्दै महिलाहरुको पिडालाई चलचित्रको पर्दामा उर्तानु जरुरी रहेको बताइन् । भनिन्, ‘महिलाहरुको विछोडका कथाव्यथा भन्न जरुरी छ ।’

 

प्रकाशित मिति : १२ माघ २०८२, आइतबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।