२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सपुत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश



काठमाडौं
गायक तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
उनले रास्वपामा प्रवेश गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सपुतले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सार्वजनिक गर्दै आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने÷सहयोग गर्ने निधो गरेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईहरूसँग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’
रास्वपाले प्रकाशलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको थियो ।
केही समयअघि पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि उनको सर्वत्र आलोचना भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।