२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बच्चैदेखि नक्कली थिइन् अभिनेत्री आकृति



ललितखबर
पेशाले मेकअप आर्टिस हुन् आकृति राजभण्डारी । पछिल्लो समय म्युजिक भिडियो टिकटकर र कण्टेन क्रियटर हँदै उनी चलचित्र ‘कुमारी’को हिरोइन् बनिन् । कला क्षेत्रमा उनको यात्रा हेर्दा लोभलाग्दो देखिन्छ । डेव्यु नायिका आकृतिको चर्चा हेर्दा चलेको हिरोइनभन्दा कम छैन ।

चर्चित गायक सशान्त केसीको बार्दली म्युजिक भिडियोमा देखिएपछि आकृतिको चर्चा सुरु भएको हो । उनी एकपछि अर्को सफल चलचित्रको निर्देशन गरेका दिनेश राउतको आँखामा परेपछि हिरोइन बनिन् ।

’हामीले लभस्टोरी चलचित्र बनाउने निधो गरेपछि अभिषेक खड्कालाई हिरो पात्रको रुपमा छान्यौ । अनि हिरोइनको खोजी भयो । आकृतिको फोटो देख्नै वित्तिकै मैले अडिसनका लागि बोलाएको थिए ।’ निर्देशक राउतले राजधानीमा पत्रकारहरुसँग गफिदै सम्झिए ।

अभिनेत्री आकृति बच्चैदेखि नक्कली रहेछिन् । उनले भनिन्, ‘बच्चा बेलामा मलाई सधै सधै नक्कल पार्नु पथ्र्यो । मामुको कस्मेटिक पसलमा भएका महँगो ब्राण्डका समान लगाउने, फोटो खिच्न मन पराउने मेरो स्वभाव थियो ।’ उनलाई आफू ठूलो भएपछि हिरोइन बन्छु भन्ने लागेको रहेछ ।

माघ २३ गतेबाट देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र कुमारीमा आकृति र अभिषेक खड्काको गीत ‘डोको बुन्ने निगालो चोयाले’ आजकल जहाँत्यही सुनिन्छ । सामाजिक सञ्जलमा समेत यो गीतले सर्वाधिक एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ ।

चलचित्रको निर्माण पक्षले प्रचारका लागि देशभर कन्र्सट आयोजना ग¥यो । कन्र्सटमा आकृति र अभिषेक नृत्य गर्दै स्टेजमा झुल्किदा दर्शकहरु चिच्याएर हुटिङ गरेको सुनिन्थ्यो । आकृति र अभिषेक पनि विछट्टै राम्रो नाचेर दर्शकलाई मनोरञ्जन दिए । दर्शकहरु आकृति र अभिषेकको अगाडि झुम्मिएको देख्दा लाग्थ्यो – उनीहरु चर्चित सेलिब्रेटी हुन् ।

प्रकाशित मिति : २३ माघ २०८२, बिहिबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।