हामी जहाँत्यही देख्छौं धर्मकर्मभित्र विभिन्न धन्दा । कही पैसा कमाउने मेरो त कही अपराधि लुक्ने विभिन्न स्वार्थको जालो ।
यस्तै, रोचक कथामा चलचित्र निर्माण भएको छ – चलचित्र ‘शिवांश ः च्याप्टर १’ । सामाजिक सञ्जाल युट्युवमा भर्खरै चलचित्र ‘शिवांश ः च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा जोगीको भेषमा अपराध गर्नेहरुको रजगज देखिन्छ । चलचित्रमा थुप्रै भिएफएक्स प्रयोगले रोचक बनाउन सघाएको छ । चलचित्रको ट्रेलरले हरर जनराको चलचित्र निर्माण गरिएको हो कि भन्ने अन्यौल बनाउछ ।
ट्रेलरमा परापुर्वकालको झल्को दिने गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् भने ल्यापटप, आधुनिक हतियार र प्रहरीको अनुसन्धानले आजको समय बोलेको भान हुन्छ ।
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्य दृश्यहरुमा यथेष्ट छ ।
लाई रोचक ढंगले प्रस्तुत गरेको सार्वजनिक ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ ।
चलचित्रका पात्र अभिनेता प्रविण खतिवडा फरक गेटअपमा देखिएका छन् । तर उनको अभिनयशैलीमा भने भिन्नता भेटिन्न ।
सन्तोष कुमार आत्रेयले निर्देशन रहेको चलचित्र शिवांशलाई ् भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत छ । प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्शन ड्रामा’ थोरै मात्र बन्ने गरेका छन् । यस्तोमा ‘शिवांश ः च्याप्टर १’ले दर्शकलाई नयाँपन दिने अपेक्षा गरिएको छ । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले पनि शिवभक्त र चलचित्र प्रेमीहरूका लागि यो एक विशेष उपहार सावित हुन सक्छ ।








प्रतिक्रिया