२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगर कार्यसम्पादन मूल्याङ्कनमा अगाडि,गोदावरी पछाडि



चापागाँउ
ललितपुरका स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्याङ्कनमा ललितपुर महानगरपालिका अगाडि देखिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार गोदावरी नगरपालिका सबैभन्दा पछाडि छ ।

दक्षिण ललितपुरको महाँकाल गाँउपालिका तीन गाँउपालिकामध्यै अघि देखिन्छ ।
प्रतिवेदनअनुसार ललितपुर महानगरपालिकाले ७६.३३ अंकसँगै पहिलो स्थानमा रहेको छ ।

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका ७२.९९ अंकसहित दोश्रौ स्थानमा छ । कोन्ज्योसोम गाउँपालिका ६८.७९ तेस्रो स्थानमा रहेको छ । महालक्ष्मी नगरपालिकाले बागमती गाउँपालिका ६७.८४ अंकसहित र कोन्ज्योसोम गाउँपालिका ५१.७८ अंक सहित चौथो स्थानमा छ ।

काँठ क्षेत्रको नगरपालिका गोदावरी नगरपालिका ४०.९३ सहित सबैभन्दा पछाडि रहेको छ ।
आयोगले वित्तीय अनुशासन, प्रशासनिक क्षमता, योजना कार्यान्वयन, सेवा प्रवाह र पारदर्शिता लगायत १७ सूचकका आधारमा मूल्याङ्कन गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।