९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


जनजातिका चलचित्र प्रर्वद्वन गर्दै विकास बोड



 

काठमाडौं
चलचित्र विकास बोर्डले जातियलगायत विभिन्न विधाका चलचित्र प्रर्वद्वन गर्ने भएको छ ।
चलचित्र विकास बोर्डले आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवद्र्धन गर्न रु. ४१ लाख ९५ हजार बजेट स्वीकृत गरेको छ ।
बोर्डले मातृभाषी तथा आदिवासी जनजाति चलचित्रको संरक्षण, संवद्र्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध तालिम, कार्यशाला तथा महोत्सव सञ्चालनका गर्ने भएको हो ।

यस्ता चलचित्र प्रवद्र्धनका लागि बोर्डअन्तर्गतको समितिको सिफारिसमा विभिन्न जातीय चलचित्रसँग सम्बन्धित संघ–संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार निर्देशन तालिम, सिनेमाटोग्राफी प्रशिक्षण, कथा लेखन तथा निर्देशन कार्यशाला, अभिनय तथा छायांकन तालिम, सांस्कृतिक संरक्षणसम्बन्धी प्रशिक्षण तथा आदिवासी जनजाति चलचित्र महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
यी कार्यक्रमहरू देशका विभिन्न जातीय समुदायमा सक्रिय चलचित्रकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिने बोर्डले बताएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस निर्णयलाई समावेशी चलचित्र विकासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै भने,
“चलचित्र क्षेत्रले पनि त्यही विविधतालाई आत्मसात् गर्नुपर्छ । बोर्डले सधैँ समावेशी र सशक्त चलचित्र उद्योग निर्माणका लागि प्रतिबद्ध भएर काम गरिरहेको छ।”

चलचित्र क्षेत्रमा क्रियाशील विभिन्न जातीय संस्थाहरूले बोर्डको यस निर्णयलाई सकारात्मक रूपमा लिँदै मातृभाषी चलचित्र निर्माणलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।