३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अभिनेत्री स्वस्तिमाको प्रशंसै प्रशंसा



 

ललितखबर

नेपाली चलचित्र बक्सअफिसमा विरलै सफल हुन्छन्। वर्षभरि प्रर्दशन भएका करिव एक सय चलचित्रमध्ये दुई चार चलचित्रले मात्रै नेपाली बजारबाट नाफा कमाउछन् । दर्जन चलचित्रका कलाकारहरुको प्रशंसा हुन्छ ।

स्वस्तिमा खड्का यस्ती अभिनेत्री हुन्उनको अभिनयको प्रशंसा नभएको चलचित्र नै छैनन्भन्दा फरक नपर्ला । उनी नेपाली चलचित्र क्षेत्रमा नौलो अभिनय क्षमतासँगै चरित्रलाई जुरुक्कै बोकेर दौड्न सक्ने क्षमता राख्छिन् ।

राजधानीमा शुक्रबार आयोजना गरिएको चलचित्र लालीबजारकोप्रमोसन कार्यक्रममा उनको अभिनय क्षमताको खुलेरै तारिफ गरिएको छ ।

चलचित्रका निर्देशक यम थापालेअभिनेत्री खड्कालाई बहादुर अभिनेत्रीको रुपमा चित्रण गरे। चलचित्रको फाइटका लागि डमी राखिएको भए पनि अभिनेत्री खड्का आफैंलेसोभूमिका गरेका निर्देशक थापाले सम्झिए । भने, ‘स्वस्तिमा ५० दिनको छायांकन सेटमा कहिल्यै थाकेको देखिन । काम गर्न धेरै सहज भयो ।’

 

चलचित्रका कार्यकारी निर्माता प्रदिप भट्टराई पनि अभिनेत्रीको काम देखेर सन्तुष्ट भएको प्रतिकृया दिए ।

उनलाई अडिसनमार्फत चलचित्रमा अनुबन्धन गरिएको प्रसंग कोट्याउदै निर्माता भट्टराईले अडिसन,वर्कशव,रिसर्चपछि छायाँकन सेटमा पुगेर उनको अभिनय हेरेपछि स्वस्तिमासँगै चलचित्रको चरित्र टाँसिएको अनुभव भएको सुनाए । भने, ‘सबैले स्वस्तिमाको तारिफ गर्दा मैले चाही किन प्रशंसा गरिन भन्ने पछुतो लाग्ने गरी उनले काम गरेकी छिन्।’
कार्यक्रममा सहभागी कलाकार मुकुन्द श्रेष्ठ अभिनेत्री स्वस्तिमाको अभिनय देखेर आफू कायल बनेको अनुभव सुनाए । आफूलेअभिनेत्री खड्काबाट धेरै कुरा सिकेकोभन्दै खुशी व्यक्त गरे । भने, ‘उहाँको सम्झाउने तरिका पनि मलाई मन परेको छ ।’

चलचित्रकी सहअभिनेत्री आशा पौडेल आफूअभिनेत्री स्वस्तिमाको फ्यान रहेको खुलासा गर्दैछक्का पञ्जाको छायांकनस्थलमा भेटेको स्मरण गरिन् । उनले चलचित्रमा अभिनय गर्दाको रमाइला क्षणहरुको बखान गर्दैअभिनेत्री खड्काले धेरै कुरा सिकाएकोभन्दै खुशी व्यक्त गरिन् ।

 

अभिनेत्री खड्काले आफू जीवनमै पहिलोपल्ट अडिसनमार्फत चलचित्रमा अनुनय गरेको अनुवन सुनाउदै राम्रो व्यानर र टिमसँग सधै रहर लाग्ने बताइन् । फरक प्रशंगमा उनलेवाल कलाकार समाइराकोनृत्य शैलीले प्रभावित भएको अनुभव बाँडिन् ।

चलचित्र लाली बजार आउँदो वैशाख १८ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।