समय र समाजको कथा चलचित्रमार्फत भन्न खप्पिस निर्देशक हुन,् तुलसी घिमिरे। उनी समाजले भोग्नुपरिरहेको वास्तविक जीवनलाई ठ्याक्कै पर्दामा देखाउन सक्छन् । यस्तैकथा देखाउन निर्देशक घिमिरेलेचलचित्र ‘पहाड’ निर्माण गरिरहेका छन् ।
चलचित्र ‘पहाड’ नयाँवर्षको छेको पारेर वैशाख १ गतेदेखि देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको हुँदै छ ।
भर्खरै सामाजिक सञ्जाल युट्युवमा यो चलचित्रको टिजर सार्वजनिक भएको छ । आउनुस ्चलचित्र पहाडको टिजरबारे केही चर्चा गरौं :
आज हरेक घरका युवाहरु धन कमाउने लालसामा विदेश उडिरहेका छन्।अहिलेगाँउ बस्ती अनि पुरै पहाड खाली भएकोछ । गाँउमा मान्छे मर्दा लास उठाउने केटाहरु छैनन् । यहाँ कि बच्चा छन् कि बुबुढापाका ।
घरमा तरुनी श्रीमती छोडेर युवाहरु झोला बोकेर रुँदै विदेस हिडिरहेका छन् ।
विदेशको रमझम अनि गाँउ बस्तीको कष्टकर जीवनलाई समेटेर घिमिरेपहाड बनाएको चलचित्रको टिजरले छनक दिएको छ ।
चलचित्रको टिजरमा बस्तीका नोकझोक र महिला पात्रहरुले भोग्नुपरेका जीवन संर्घष देखाइएको टिजरले संकेत दिएको छ । १ मिनेट ४८ सेकेन्डको टिजरमा पहाडी क्षेत्रको जीवनशैलीलाई ठपक्क टिपेर देखाएको भान हुन्छ ।
चलचित्रको टिजरमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायत कलाकार अटाएका छन् ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रूपमा अघि सारेका छन् ।
चलचित्रमा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता छन् ।








प्रतिक्रिया