२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अभिनेत्री सुहानाले ‘परालको आगो’को गीतमा स्वभाविक अभिनय



काठमाडौं

आधुनिक पुस्ताकी अभिनेत्री सुहाना थापा गाँउले परिभेषको दृश्यमा देखिएकी छिन् ।

भर्खरै सार्वजनिक भएको चलचित्र ‘परालको आगो’को गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ बोलको गीतमा सुहानाको स्भाविक अभिनय देख्न सकिन्छ ।

आगामी बैशाख ११ गतेबाट प्रर्दशन हुने यस चलचित्रमा मुख्य कलाकारहरु सुहाना थापा,प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाको अभिनय रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा प्रकाश सपुत समेत देखिन्छन् ।

नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीत निशु शर्माले गाएकी छन्। गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन्।

उो गीत दशकौं अघि गायिका अरुणा लामाले गाएपछि लोकप्रिय भइसकेको थियो ।

चलचित्रको निर्माण टिमले अरुणा लामा समर्पित भन्दै यो गीत पुनस् चलचित्रमा प्रयोग गरेको छ ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलको लगानी रहेको यस भने चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।

यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशनमा निर्माण भएको थियो।

 

 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।