११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु



 

चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सरु भएको छ ।

सोमबार झापाकोकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् ।

चलचित्रको ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहेका छन् ।

चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन् ।
च्लचित्रको पटकथा सुशील पौडेलको रहेको छ ।

करिब ४० दिनको छायाकंन तालिका तय गरिएका चलचित्रकोछायांकन श्याम तामाङलेगर्दैछन् ।

चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने छन् ।

म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने छ ।

झापाका विभिन्न रमणीय स्थानहरूमा छायांकन सकेपछि अन्य स्थानमा सुरु हुनेछ । चर्चित कलाकारहरूको एउटै पर्दामा अभिनय हेर्न पाइने भएकाले सिने वृत्तमा अहिलेदेखि नै चर्चा चुलिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।