२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाह चलचित्र निर्माणमा अघि सरे,अन्जनासँग बाधिँदै जोडी



 

अभिनेता पल शाह आफै चलचित्र निर्माणमा अघि सरेका छन् ।

पल शाह फिल्मस्को प्रस्तुतिमा चलचित्र ‘यानीमायाः रिदम अफ लभ’ निर्माणको टुंगो लागेको हो ।

यस चलचित्रकोका केही समयमा नै छायांकन सुरु हुने बताइएको छ ।

निर्माणपक्षले आज चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । चलचित्रमा नायक पल शाह र नव–नायिका अञ्जना मगरको जोडी पक्का भएको छ । पल र अञ्जनाले यसअघि म्यूजिक भिडियोमा काम गरेका छन् ।

यो चलचित्रलाई ओम प्रतिकले निर्देशन गर्दैछन् । ओमले चलचित्र ‘मोहर’लाई निर्देशन गरेका थिए, जसमा नायक पल शाह मुख्य भूमिकामा थिए । यो चलचित्रलाई दर्शकले निकै रुचाएका थिए ।
अब, ओम र पलले एउटै चलचित्रमा फेरि टिमअप गरेका छन् । चलचित्रमा पल शाह र चन्द्र ज्योती आलेको लगानी रहनेछ । ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले, पनि यो चलचित्र प्रेमको कथामा निर्माण हुन लागेको वुझ्न सकिन्छ ।

निर्माणपक्षले अन्य जानकारी विभिन्न चरणमा दिदै जाने बताएको छ । यो वर्ष पलका ‘मोहर र आ बाट आमा’ रिलिज भइसकेका छन् । दुवै चलचित्रले दर्शकको अथाहा प्रेम पाए । यसैले, पल आफैले निर्माण गर्न लागेको ‘यानीमाया’ पनि दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ ।

चलचित्रको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी रहेको बताइएकोछ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।