१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अभिनेत्री उषाको हेरिनसक्नु चुरिफुरी



 

ललितखबर

बक्सअफिसमा सिमित नेपाली चलचित्रहरु सफल हुन्छन् । निरन्तर ५१ दिनसम्म प्रर्दशन हुन सफल चलचित्र वर्षमा हातमा गन्न सकिने मात्रै छ ।

त्यसो त डेव्यु कलाकारहरुको चलचित्र सफल बन्न मुस्किल पर्छ । नेपालमा होस्टल श्रृखला बाहेक थोरै डेव्यु कलाकारहरु सफल छन् । तीमध्ये पर्छिन् अभिनेत्री उषा उप्रेती ।

टिकटक, म्युजिक भिडियो हुँदै रजतपटको यात्रा सुरु गरेकी अभिनेत्री उषाको अभिनय रहेको चलचित्र आबाट आमा सफल बन्दै निरन्तर ५१ दिनसम्म देशका विभिन्न हलहरुमा प्रर्दशन हुन सफल बन्यो । सफलतासँगै अभिनेत्री उषा निकै फुरुंग देखिएकी छिन् । उनको चुरिफरी हेर्दा अभिनेत्री उषाको सफलतामा भूईंमा खुट्टा छैन भन्दा फरक पर्दैन ।

केही दिनअघि राजधानीमा आयोजना गरिएको ५१ दिने सफलता उल्हास कार्यक्रममा उनको तडकभडक भिन्न देखिन्थ्यो । कार्यक्रममा अभिनेत्री विपना थापा, सिम्रन पन्तलगायत कलाकारहरु शान्त देखिन्थे । अभिनेत्री उषा भने फरुक्क पर्दै पत्रकारहरुसँग मस्कि मस्कि गफिन्थिन् । उनलाई तस्विरको पोज दिन फर्सद थिएन ।

एकातिर उषाको उल्हास स्वभाविक पनि लाग्न सक्ला । तर एउटा माघले जाडो जाँदैन भने झैं सधै चलचित्र क्षेत्रमा सफल नै भइन्छ भन्ने निश्चित भने हुँदैन । सफल चलचित्रको प्रतिक्षामा अभिनेत्रीहरुले लामो समय संर्घष गरिरहेको सन्दर्भमा उषा भाग्नमानी कलाकार सावित भइन् ।

तर अभिनेत्री उषाले हेक्का राख्नुपर्छ, चलचित्र सफल बन्न थोरै मेहनतले हुन्न । कलाकारले सफलतामा मातिनु हुन्न, असफल भए आत्तिनु हुन्न । कलाकारमा धैर्यताको जरुरी हुन्छ है उषा । बुझ्नु ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।