३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


टिकटकर आयुष चलचित्रमा झुलुक्क, पत्नी एलिजे फुरुङ्ग !



 

काठमाडौं

बिराज भट्ट अभिनित चलचित्र “राम नाम सत्य“ पछिल्लो समय हलमा लागेको छ । माईकल चन्द निर्देशित चलचित्रमा कसैको चर्चा छ भने ती हुन् टिकटकर आयुषसिंह ठकुरी । टिकटकमा असाध्यै चर्चामा आएका आनुष प्रर्दशनरत चलचित्रमा एक दुई सिनमा झुलुक्क झुल्किएका छन् । चलचित्रको पर्दामा टिकटकर आयुष देखिएपछि उनकी पत्नी एलिजे जमालीको भूईमा खुट्टा छैन ।

https://www.facebook.com/reel/1661728301634483

 

चलचित्रको प्रमोसनका क्रममा सँगसँगै हिड्ने एलिजे त के कुरा गर्नु र ! झल्ल्याक झुलुक देखिएका आयुशलाई उनी “हिरो“ भन्दै आफू हिरोको बुढी भाकोमा भाग्यमानी भएको भन्न भ्याईसकिन । अझ यसैको अर्को भागमा आयुश मुख्य भुमिकामा रहने चर्चा छ । यो चलचित्र आउदै गर्दा त एलिजेले सुपर स्टार, महानायक नै म्रेरो श्रीमान हुन् भन्न के बेर !

त्यसो त एकदमै कम स्क्रिन टाईम पाएका आयुशलाई निर्माण टिमले पनि टिकटकको चर्चाबाट चलचित्र चलाउन हो कि किन हो राम्रै ठाँउ दिएको थियो । पोस्टरमा एउटी पनि नायिका नआटेको अवस्थामा आयुशले राम्रो ठाउँ पाएका थिए । पछिल्लो समय एजिले पनि श्रीमान्ले अनुमति दिए आफू पनि चलचित्र खेल्ने रहर गर्दै हिडेकी छिन् । टिकटकमा चर्चा कमाएकी उनको अनुहार बेचेर युट्युवरको कमाउ धन्दा पनि अचम्मकै छ । हैन र !!!

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।