५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी



 

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समिर बलामी विजयी भएका छन् ।

शनिवार राति भएको मतदानपछि भएको मतगणनाको क्रममा ९५ मत पाएपछि उनलाई विजयी घोषणा गरिएको हो । उनका निकततम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत पाएका छन् ।

संघको अन्य पदाधिकारीमा उपाध्यक्षमा रघुनाथ सापकोटाले ७३ मत,उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य (निर्विरोध) उपाध्यक्ष (महिला)मा दिपज्योती थापा महासचिवमा गोपीकृष्ण चापागाईं ५४ मत, सचिवमा मदन रिजाल ९४ मत(समावेशीं)मा महम्मद जलिम (निर्विरोध),कोषाध्यक्षमा मनिष अञ्जान दाहाल ७४ मत,सहकोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मत पाएर निर्वाचित भएका छन् ।

सदस्यहरुमा सालिकराम न्यौपाने,रतन बहादुर चन्द सोजना बिक लोहार, सुशिल नेपाल, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, युबर्ण पौडेल (पूजा) र निर्वाचित भए।
काठमाडौंमा शनिबार राती निर्वाचन सम्पन्न भएको थियो भने नतिजा राति अबर प्राप्त भएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।