८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘राम नाम सत्य’बाट निर्माताले कति कमाए ?



ललितखबर

चलचित्र निर्माणमा पछिल्लो समय करोडौं लगानी हुन्छ । छायाँक, कलाकारको पारिश्रमिक र प्रचारमा ठूलो रकम प्रचार हुने कारणले लगानी रकम दिनादुदिन बढ्दै गइरहेको छ ।
चलचित्र हेर्ने दर्शको उल्येख्य संख्या हलसम्म नपुगे चलचित्र सफल हुन कठीन छ । ओटिटी युट्युव र ओभरसिज मार्केटले चलचित्रको लगानी सुरक्षित गर्न सहयोग गरे पनि देशभरको हलमा दर्शकको प्रतिकृया नै मुख्य आधार ठहर गर्ने गर्दछ ।
पछिल्लो समय ठूलो होहल्ला र उत्साहका साथ प्रर्दशन सुरु भएको एक्सन जनराको चलचित्र ‘राम नाम सत्य’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको पाइएको छ । चलचित्रले सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् ।
शनिबारसम्म विकास बोर्डको आँकडामा चलचित्रको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ ।

यस्तै, यो चलचित्रले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो चलचित्र २ सय शोज सहित चल्दैछ । निर्माणपक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा विक्री गरेको हो । अमेरिकाबाट पनि चलचित्रका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन् ।

ओएसआर डिटिजलबाट चलचित्रलाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिएका छन् । डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ ।
३ करोड बजेटमा बनेको यो चलचित्रबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको भनाई छ ।

स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यो चिलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको व्यापारबाट उत्साहित भएको निर्माणपक्षले बताएको छ । पछिल्लो समयमा प्रर्दशन भएका नेपाली चलचित्रहरुले व्यापार सुखद नगरिरहेको समयमा यो फिल्मले भने बक्स अफिसमा आशा जगाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।