१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाएर ठगी गर्ने सात जना पक्राउ



काठमाडौँ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट रु तीन करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको हो ।

तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पक्राउ गरिएको हो । अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट रु एक करोड दुई लाख उठाएका थिए ।

त्यसैगरी, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट एक रु करोड ५० लाख, शेर्पाले फ्रान्सको प्रलोभनमा पारेर पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेका जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।