काठमाडौं ।
कला पत्रकार तथा गीतकार गीता अधिकारीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार अर्पण गरिएको छ ।
शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान गरेका हुन् । अधिकारीलाई नगद रुपैयाँसहित पुरष्कृत गरिएको थियो । अधिकारी दुई दशकभन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् भने हिमालय टाइम्स राष्ट्रिय दैनिक र मिलाप राष्ट्रिय मासिक पत्रिकामा आबद्ध छिन् ।
समारोहमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई प्रदान गरिएको थियो ।
साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको थियो भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ्, सहिमा श्रेष्ठ, सुरेश लामा छन् ।
यस्तै, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायलाई प्रदान गरिएको थियो भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अधिकारीसँगै अनन्त वाग्लेलाई प्रदान गरिएको थियो ।
२५ बैशाख २०८३, शुक्रबार
2
Shares








प्रतिक्रिया