ललितखबर
नेपाली चलचित्र क्षेत्रका ‘बाघ’को उपमा पाएका विराज भट्टको चलचित्रको व्यापार कमजोर देखिएको छ । उनको अभिनय रहेको चलचित्र ‘राम नाम सत्य’भन्दा नवअभिनेता प्रकाश सपुतको अभिनय रहेको चलचित्र ‘परालको आगो’को व्यापार राम्रो देखिएको छ ।
चलचित्र विकाश बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतचैत्र २७ गतेबाट प्रर्दशनमा आएको ‘राम नाम सत्य’ले वैशाख २८ गतेसम्म एक महिनामा ३ करोड ४० लाख ८१ हजार व्यापार गरेको छ । ठीक १३ दिनपछि वैशाख ११ बाट प्रर्दशनमा आएको चलचित्र ‘परालको आगो’को व्यापार करिव ६० लाख ज्यादा अर्थात ४ करोड २५ रहेको रहेको बोर्डले जनाएको छ ।
पछिल्लो समय प्रकाश सपुतको चलचित्रले राम्रो चर्चा र व्यापार गर्न सकेको थिएन । गत वर्ष चलचित्र १२ गाँउले करिव १७ करोड व्यापार गरेको सन्दर्भमा अभिनेता भट्टको चलचित्र क्षेत्रमा चर्चा चुलिएको थियो । यद्यपी उनको चलचित्रले राम्रो व्यापार भने गरेन ।
२९ बैशाख २०८३, मंगलबार
4
Shares








प्रतिक्रिया