आजदेखि नयाँ चलचित्र एक मुठ्ठी बादल प्रर्दशन सुरु भएको छ ।
चलचित्रमा अभिनेत्री आँचल शर्मा फरक भूमिकामा प्रस्तुत भएकी छन् भने नाटककी चर्चित कलाकार निशा शर्मा तीन दशकपछि चलचित्रको पर्दामा ओर्लेकी छन् ।
नारी केन्द्रित चलचित्रको कथा २४ घण्टाभित्रको रहेको कथाकार तथा निर्माता सामिप्यराज तिमल्सिना बताउछन् ।
चलचित्रमा आँचलर निशासँगै उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ लगायत कलाकारहरूको अभिनय हेर्न पाइन्छ । सारा शर्माको डेव्यु निर्देशन रहेको यो चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् ।
राजधानीमा बुधबार भएको प्रिमियरका सहभागीहरुले कथावस्तु, अभिनय र प्राविधिक पक्षको प्रशंसा गरेका थिए ।








प्रतिक्रिया