२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित



 

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी सहितको कार्यसमिती निर्वाचित भएको छ ।

गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार संघको अध्यक्षमा २१६ मतसहित अध्यक्षमा केसी विजयी भएका हुन् । ३५६ मत खसेको निर्वाचनमा उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत पाएका छन् ।

उपाध्यक्षमा शिवहरि बैरागी (१४६ मत) र महिला उपाध्यक्षमा पूजना प्रधान (१४४ मत) सहित विजयी भए ।

संघको महासचिवमा १९५ मतसहित सुनील कटवाल विजयी भए । सचिवमा गोपाल ढकाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।