३ असार २०८३, बुधबार | Wed Jun 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पारस’ का लागि सज्जाले गाइन् गीत



काठमाडौँ

एक्सन निर्देशकको पहिचान बनाएकी कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ को गीत रेकर्डिङ कार्य सुरु भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीतका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्।

https://www.youtube.com/@lalitkhabar

उक्त गीतमा संगीतकार तथा गायक कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ। आफ्ना चलचित्रमा व्यावसायिक र स्तरीय गीत संगीत समावेश गर्न रुचाउने निर्देशक चौलागाईँ हाल गीतलाई उत्कृष्ट बनाउने काममा व्यस्त छिन्।

एक्सन तथा सामाजिक कथावस्तुमा आधारित रहने यस चलचित्रमा अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता गुरुङ,सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायतको मुख्य भूमिकामा रहने छ। उल्लेखित सबै कलाकारहरूसँग निर्माण पक्षले सम्झौता गरिसकेको छ। घोषणाको समयदेखि नै चर्चामा रहेको यस चलचित्रमा नाम चलेका स्थापित कलाकारहरू एकपछि अर्को गर्दै जोडिएपछि सिने क्षेत्रमा यसको उत्सुकता थप बढेको छ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् भने यसको छायांकनको जिम्मेवारी पुरुषोत्तम प्रधानले पाएका छन्। निर्माण टिमले हालसम्म अन्य प्राविधिक तथा बाँकी कलाकारहरूको नाम गोप्य नै राखेको छ। गीत रेकर्डिङको काम अगाडि बढेसँगै निर्माण पक्षले चलचित्रलाई छिट्टै छायांकनमा लैजाने तयारी थालेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।