१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘गौँथली’मा महिलाका कथा समावेश



समाजमा महिलाले भोग्नु परेको समस्यालाई कथा बनाएर निर्माण गरिएको चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ

ट्रेलरमा एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
सिनेमाका मुख्य पात्र अरुण क्षेत्रीले देखाउने अस्वभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्कालाई देखाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

पढ्नका लागि सिम्रनले गरेको संघर्ष र त्यसमा उनको घर नै कसरी बाधक बनिरहेको छ भन्ने ट्रेलरले देखाएको छ । महिलाले महिलालाई नै सहयोग नगर्दाको असर ट्रेलरमा देख्न सकिन्छ ।

पुरातनबादी समाज र सोचसँग संघर्ष गरिरहेकी एक युवतीले गरिरहेको संघर्ष र शारीरिक रूपमा फरक रहेका व्यक्तिले देखाउने फरक–फरक क्रियाकलापले ट्रेलरलाई आकर्षक बनाएको छ ।

अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपना र घरलाई ट्रेलरमा भावनात्मक रूपमा चित्रण गरिएको छ ।

सिनेमाले उठान गरेको कथा, कलाकारको अभिनय र ग्रामीण परिवेशले ट्रेलरलाई आकर्षक बनाएको छ । विवाह गर्दिन भन्ने एक युवतीले आमाबुवाको आग्रह र इज्जत धान्न गरेको सम्झौताले पाउनु परेको दुःखले इमोस्नल बनाउँछ ।

चलचित्र ‘गौँथली’लाई डा। कपिल रिजालले निर्देशन गरेका छन् । ‘गौँथली’मा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा। भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा। कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ ।

चलचित्रलाई हरि हुमागाईंले खिचेका छन् । मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

‘गौँथली’ नाममा डा। भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ ९म्युजिकल फिल्म० मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

अहिले सोही नाममा डा। भोला रिजालका छोरा तथा निर्देशक डा। कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् ।

साउन १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ।डी। कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।
चलचित्र आउँदो साउनबाट प्रर्दशन सुरु हुँदैछ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।