५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री प्रियंकाको गीत ‘मास्टर्नी’ तुरून्त बन्द शिक्षक महासंघको माग



ललितखबर

चलचित्र ‘मास्टर्नी’को गीत तुरून्त बन्द शिक्षक महासंघको माग गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

चलचित्र ‘मास्टर्नी’ को ‘प्रमोसनका लागि सार्वजनिक गरिएको म्याथ सिक्ने भए …’ तुरून्त बन्द गर्न नेपाल शिक्षक महासंघले माग गरेको हो । शिक्षक महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै उक्त गीतलाई चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ ।
गीतले शिक्षक र गणित पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा प्रकाशित विज्ञप्तीमा उल्येख छ ।

‘विज्ञप्तीमार्फत गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकार नै जिम्मेवार हुने चेतावनी दिइएको छ ।

५ भदौदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ को यो गीत ‘दुईअर्थी र छाडा’ भन्दै आलोचना भइरहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा समेत गीतलाई लिएर पत्रकारहरुले प्रश्न उठाएका थिए । निर्माता तथा कलाकारसमेत रहेकी प्रियंका कार्कीले गीतलाई केवल मनोरन्जनका लागि बनाइएको र चलचित्रको प्रचारात्मक सामाग्ी मात्रै रहेको स्प्रष्टिकरण दिएकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।