१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’को सामाजिक सञ्जालमा चर्चा



पछिल्लो समय चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’को सामाजिक सञ्जालमा चर्चा छ

आउँदो भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले यतिबेला डिजिटल प्लेटफर्ममा कब्जा जमाएको छ। रिलिज भएको जम्मा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको यस गीतमाथि टिकटकमा मात्रै २ लाख ५० हजार भन्दा धेरै भिडियो बनिसकेका छन्। फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि यतिबेला यही गीत भाइरल छ।

https://www.youtube.com/@lalitkhabar

छोटो समयमै गीतले यति ठूलो सफलता हात पार्नु पछाडि यसको लोक फ्लेभर र सुमधुर सङ्गीत मुख्य कारण हो। सङ्गीतकार अर्जुन पोखरेलले तयार पारेको क्याची धुन एकपटक सुनेपछि जोकोहीको मुखमा सहजै झुण्डिन्छ। त्यसमाथि अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओड जस्ता चर्चित गायक(गायिकाको संयुक्त स्वरले गीतमा बेग्लै ऊर्जा भरेको छ। भर्सटाइल गायन शैली र बलियो फ्यान फलोइङको फाइदा पनि गीतले मज्जाले उठाएको छ।

गीतको भिडियोमा टिकटक स्टारका रूपमा उदाएका पारस बम ठकुरी ९कुल ब्वाइ०, अभिनेत्री दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङले कम्मर मर्काएका छन्। विशेषगरी पारस र दिव्याको अनस्क्रिन केमेस्ट्री र उनीहरूको क्रेजले युवापुस्तालाई आकर्षित गरेको छ। सियोन श्रेष्ठले तयार पारेको डान्सको ुहुक स्टेपु नाच्न निकै सजिलो र रमाइलो भएका कारण सर्वसाधारणदेखि सेलिब्रेटीसम्मलाई टिकटक बनाउने हुटहुटी चलेको हो। यही सोसल मिडिया च्यालेन्ज नै गीत भाइरल हुने प्रमुख कडी बनेको छ।

फर्स्टलुक पोस्टर र नामबाटै राम्रो चासो जगाएको ुबेहुलीुलाई यो गीतको ट्रेन्डले थप हाइप दिएको छ। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा भिडियोमा देखिएका चार कलाकारका अलावा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसैगरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह(निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्। गीतले बजार तताइसकेपछि अब दर्शकको पर्खाइ भदौ २६ गते हलमा लाग्ने चलचित्रतिर मोडिएको छ।

जततउकस्ररथयगतग।दभरव्ःलअद्दजगउीक्ष्डरुष्कित.च्म्व्ःलअद्दजगउीक्ष्ड

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।