२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल र अन्जनाको चलचित्र ‘यानीमाया’को छायांकन



नायक पल शाहको निर्माणमा तयार हुन लागेको चलचित्र ‘यानीमाया’को छायांकन सुरु गरिएको छ । ३५ दिनसम्म यो चलचित्रको छायांकन हुने निर्माणपक्षले बताएको छ ।
गागलफेदीको चलचित्र स्टुडियोबाट सुरु भएको छायांकन अगाडि शुभसाइत समारोह आयोजना गरिएको थियो । चलचित्र टिमले पूजा गर्दै शुभसाइत गरेको हो ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रमा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरुको रुपमा छन् । चन्द्र ज्योती आले र पल शाहको लगानीमा तयार हुन लागेको यो चलचित्रमा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

https://www.youtube.com/@lalitkhabar

विशाल कार्कीको निर्माण व्यवस्थापन रहने चलचित्रमा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर, आशिष पौडेलको पोशाक डिजाइन रहनेछ ।

सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ । फिल्मको छायांकन काठमाडौंमा १० दिन गरिनेछ । त्यसपछि यसको निर्माण टिम पर्वत प्रस्थान गर्नेछ ।

नायक पल शाहले फिल्म निर्माणमा लाग्दा छुट्टै अनुभुती भएको भन्दै एउटा उत्कृष्ट चलचित्रदर्शकमाझ पस्कने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ११ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।