४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अष्ट्रेलियामा शक्तिशाली भूकम्पको धक्का महशुस


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

५ कार्तिक २०७६, काठमाडौं । अष्ट्रेलियामा सोमबार बिहान शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । भानुआतुको तटीय क्षेत्रमा सोमबार ६।४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार दिउँसोको २ बजे सो भूकम्प आएको थियो ।

सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४।५ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको अन्तराष्ट्र्यि सञ्चार माध्यमले जनाउको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १ : ०५ बजे